Online Nepal
  • बुधबार, १० पुष २०८१
  • गण्डकी प्रदेशसमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुँदै

    गण्डकी प्रदेशसमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 1.8K
    SHARES

    पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि शुरु हुँदैछ ।

    दिउँसो २ बजे शुरु हुने विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने कार्यसूची रहेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार आज प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोलेपछि अविश्वासको प्रस्ताव टेबुल हुनेछ ।



    अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन् । अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर रहेको छ ।



    राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि पक्षमै मतदान गर्ने बताउँदै आएको छ । २७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा छन् । साठी सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ ।

    गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार