पोखरा । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय बनाउन विधेयकको सैद्धान्तिक सहमति दिएको छ ।
पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय बनाउन विधेयकको सैद्धान्तिक सहमति दिएपछि सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय बनाउनका लागि विधेयक तथा ऐनको मस्यौदा तयार गर्न तीव्र तयारी गरेको हो ।
कर्णाली प्रदेशमा पर्यापर्यटन, जल, जङ्गल र जडिबुटी अध्ययन तथा अध्यापन गराउनका लागि पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय बनाउन लागिएको हो ।
Leave a Reply