Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • ‘प्रधानमन्त्री ओलीले पार्टी विवादलाई छाडेर कोरोना नियन्त्रणमा ध्यान दिनु’

    ‘प्रधानमन्त्री ओलीले पार्टी विवादलाई छाडेर कोरोना नियन्त्रणमा ध्यान दिनु’

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राख्न आग्रह गरेका छन् । कोरोना भाइरसले देश आक्रान्त र विचलित भएको भन्दै अध्यक्ष थापाले यस्तो भनेका हुन्।

    पछिल्ला दिनहरुमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली उद्घाटन, शिलान्यास र पार्टी विवादलगायतका कार्यहरुमा अल्झिरहेको टिप्पणी गर्दै उनले
    कोरोना अनियन्त्रित र विकराल बन्दै गएकोले यसबारे सरकारले गरेको प्रयास र योजनाबारे आफूले सुन्न चाहेको उल्लेख गरेका छन् ।



    सामाजिक संजालमार्फत् अध्यक्ष थापाले दुःखको बेला जनता भरोसा खोजिरहेका भन्दै जनताको भरोसालाई जोगाउन आग्रह गरेका हुन्।  ट्वीटरमा उनले लेखेका छन्, ‘केही समय उदघाटन,शिलान्यास र पार्टी विवादलाई थॅाति राखेर कोरोना महामारी नियन्त्रणमा ध्यानदिन प्रमलाई आग्रह गर्दछु । कोरोना अनियन्त्रित र विकराल बन्दैछ ।यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनावारे सुन्न बुझ्न चाहन्छन् । दु:खको बेला जनता भरोसा खोजिरहेछन्।’



    त्यस्तै, पूर्वप्रधानमन्त्री एवं जसपा संघिय अध्यक्ष डा.बाबुराम भट्टराईले पनि कोरोनाको दोस्रो लहरबाट बच्न सरकारले आवश्यक पहल गर्नुपर्ने बताउदै कोभिड-१९को घातक दोश्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता रहेको र पशुपति र धरहरामा गजुर हैन अस्पतालमा अक्सिजन सिलिन्डर,भेन्टिलेटर लगायत आवस्यक सामाग्रीको जोहो गर्न सरकारलाई सुझाब दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार