Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भारतमा कोरोनाबाट एकैदिन ३ लाख ४५ हजार संक्रमित

    भारतमा कोरोनाबाट एकैदिन ३ लाख ४५ हजार संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा कोरोना संक्रमित र मृतकको संख्या ह्वात्तै बढेको छ । भारतमा एकैदिन ३ लाख ४५ हजार जना संक्रमित भएका छन् ।

    वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ। एक करोड ३८ लाख ६२ हजार संक्रमणमुक्त भएका छन्।



    भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ६२१ जनाको मृत्यु भएको छ ।



    भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। एक सातका लागि लक डाउन गरिएको दिल्लीमा पछिल्लो २४ घण्टामा थप २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार