Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • ‘कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा’

    ‘कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा’

    अनलाइन नेपाल
  • शुक्रबार, १० बैशाख २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा परेको बताएका छन्। द स्काइ मुभिज प्रालि र उमा फिल्मस् प्रालिले संयुक्त रुपमा निर्माण गरेको ‘त्यो तिम्रो चोखो प्रेमको नजर…’ म्यूजिक भिडियोको आज सार्वजनिक गर्दै उनले पर्यटन र चलचित्र क्षेत्र कोरोनाका कारण नराम्ररी प्रभावित हुन पुगेको बताएको हुन् ।

    ‘तङ्ग्रीन लागेको पर्यटन र चलचित्र क्षेत्र फेरी कोरोनाको मारमा परेको छ, पर्यटन र चलचित्र क्षेत्रमा परेको समस्या समाधानका लागि महासङ्घले पहल गर्छ’, उनले भने।



    नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्वास्थ्य मापदण्डलाई पालना गर्दै चलचित्र क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष योजना ल्याउनुपर्ने बताए । विगत १४ महिनादेखि नेपालको चलचित्र क्षेत्र अस्तव्यस्त बन्दै गएको उनको भनाइ थियो ।



    नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष एवं आज सार्वजनिक भएको म्युजिक भिडियोका निर्माता आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकासका लागि वार्षिकरुपमा विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ, चलचित्र क्षेत्रका संयोजकसमेत रहेका अधिकारीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न पहल गर्नुपर्ने उल्लेख गरे ।

    चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधान, नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर चिन्तामणि सापकोटा, उमा फिल्मस् प्रालिका अध्यक्ष उमा गिरी, नेपाली सेनाका मेजर डीबी खड्कालगायतले राष्ट्रप्रति आस्था र योगदान झल्केको उक्त म्यूजिक भिडियोलाई राष्ट्रिय महत्वको गीतमा समावेश गर्नुपर्ने बताएका थिए । चलचित्र र पर्यटन क्षेत्रलाई जोडेर निर्माण गरिएको उक्त देशभक्ति गीत राराताल वरपर छायाङ्कन गरिएको थियो । – रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार