काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि परिभाषित जिम्मेवारी दिइएको छैन । उनीहरू पार्टीको मूलधारमा फर्किएपछि उपयुक्त जिम्मेवारी दिइने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो। पार्टीका नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा आजको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।
अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् भने विष्णु पौडेल संगठन विभाग प्रमुख भएका छन् । त्यस्तै माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुखको जिम्मा दिइएको छ।
यस्तो छ नेताहरुको कार्यविभाजन:
Leave a Reply