काठमाडौँ । काठमाडौँसहित देशका धेरैजसो ठाउँको मौसम आज सफा रहेको छ ।
पश्चिमका केही पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको भए पनि अरु ठाउँको मौसम भने सफा रहेको र अहिले आकाश खुलेर घाम लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै आज दिउँसोपछि सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।
स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Leave a Reply