Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भारतमा कोरोनाको बिगबिगी: एकैदिन ३ लाख १५ हजारभन्दा बढी संक्रमित

    भारतमा कोरोनाको बिगबिगी: एकैदिन ३ लाख १५ हजारभन्दा बढी संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 2.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । छिमेकी देश भारतमा एकैदिन ३ लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बुधबार मात्रै ३ लाख १४ हजार ८ सय ३५ जना कोरोना संक्रमित भेटिएका हुन्।



    भारतमा एकैदिन यति ठुलो संख्यामा संक्रमित पाइएको यो पहिलो पटक हो । भारतमा मात्र होइन कुनै पनि देशमा एकैदिन यति ठुलो संख्यामा संक्रमित भेटिएको पनि यो पहिलो पटक हो ।



    यसअघि अमेरिकामा गत ८ जनवरीमा एकैदिन ३ लाख ७ हजार जनामा संक्रमण पाइएको थियो ।

    त्यस्तै बुधबार भारतमा कोरोना संक्रमणका कारण दुई हजार १०१ जनाको मृत्यु भएको छ ।

    भारतमा कोरोना संक्रमणका कारण एकैदिन यति ठुलो संख्यामा मृत्यु भएको पनि यो पहिलो पटक हो ।

    भारतमा कोरोना संक्रमण भयावह बन्नेक्रमसँगै राजधानी दिल्लीलगायत प्रमुख सहरमा अक्सिजनको हाहाकार सुरु हुन थालेको छ ।

    संक्रमणदर बढेसँगै अक्सिजनको चरम अभाव थालेको छ । हिजो मात्र भारतको एक अस्पतालअगाडी अक्सिजनको ट्यांकर लिक हुँदा २३ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार