काठमाडौं । कोरोना संक्रमणबाट दाङका पत्रकार दामोदर अधिकारीको निधन भएको छ ।
घोराही घर भएका पत्रकार अधिकारीको कोरोना भाइरसको संक्रमणबाट मंगलबार राति निधन भएको हो । अधिकारीलाई चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा भर्ना भएर उपचार गराइरहनु भएका अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि केही दिन अघि काठमाडौं ल्याइएको थियो । काठमाडौंको करुणा अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
अधिकारीले दाङबाट प्रकाशित पत्रिका गोरक्ष दैनिकमा काम गर्नु भएको थियो । मंगलबार दाङमा ३० व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
Leave a Reply