निर्मल बाबु लामिछाने/ काठमाडौं । काठमाडौमा जारि त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटमा आज घरेलु टोली नेपालले नेदरल्याण्डलाई २०७ रनको फराकिलो लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको हो।
यसअघिका दुवै खेलमा गतिलो प्रदर्शन गरेका आशिफ सेख आजको गेममा खाता नै नखोली आउट भएपनि अर्का ओपनर कुशल भुर्तेल (६२) र दिपेन्द्रसिंह ऐरीको (६०) उत्कृष्ट पारिमा रनको योगफल जोड्न सफल भएको हो।
नेपालका लागि अन्य ब्याट्सम्यानहरु कप्तान ज्ञानेन्द्र मल्लले २०, सोमपाल कामी २१ र कुशल मल्लले १८ रनको योगदान गर्दा अन्यले खासै गतिलो प्रदर्शन गर्न भने सकेनन्।
नेदरल्याण्डका लागि बलर पिटरले सर्वाधिक ३ तथा भिबिन किन्ग्माले २ विकेट लिए ।
डबल राउण्ड रोबिनको आधारमा खेलिने भएकाले नेपालले आज दोस्रोपटक नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।
आजको खेल फाइनल पुग्नका निम्ति दुवै टीमका लागि निर्णायक हुने छ ।
Leave a Reply