दाङ । दाङमा आगलागी हुँदा एक वर्षीया बालिकाको मृत्यु भएको छ । आगलागीबाट आमा घाइते भएकी छिन् ।
राप्ती गाउँपालिका ५ कालापानीमा सोमबार राति शरीरमा लगाएको कपडामा आगो सल्किँदा आमा र छोरी गम्भिर घाइते भएका हुन् ।
आगोले जलेर गम्भीर घाइते बालिकाको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाकी आमा ४४ वर्षीया पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको छ ।
Leave a Reply