काठमाडौं । राजधानीमा जारि रहेको त्रिकोणात्मक टि-२० सिरिजको दोस्रो खेलमा पाहुना टोली मलेसियाले नेपाललाई १ सय १० रनको लक्ष्य दिएको छ।
गत शनिबारदेखि सुरु भएको ट्राइ नेसन सिरिजको दोस्रो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई ११० रनको सामान्य लक्ष्य दिएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरको खेलमा १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गरेको हो ।
मलेसियाका लागि सर्वाधिक अजिजले २७ रन बताए । त्यस्तै, सर्विन २० तथा साफीकले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन्।
मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले सर्वाधिक ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, साहब आलम, कुशल मल्ल र दिपेन्द्रसिंह ऎरिले समान १ /१ विकेट लिए ।
यसअघि भएको प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली नेपाल नेदरल्यान्डसविरुद्द ९ विकेटले हावी भएको थियो भने मलेसिया आफ्नो पहिलो खेलमा नेदरल्यान्डससँग पराजित भएको थियो।
अर्को शनिबारसम्म चल्ने प्रतियोगितामा नेपाल, नेदरल्यान्ड्स, मलेसिया सहभागी छ ।
Leave a Reply