Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपति र प्रधानमन्त्री मिल्दा यसरी एक्लिए सभामुख

    राष्ट्रपति र प्रधानमन्त्री मिल्दा यसरी एक्लिए सभामुख

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । सामान्यता: संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन रहेको छ।

    तर, आज बसेको मन्त्रिपरिषदको बैठकले सभामुखसँग सामान्य छलफल र परामर्श नै नगरी संसदको हिउँदे अधिवेशन अन्त्य गरेको घोषणा गरिसकेको छ।



    बैठकले आजैबाट लागु हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।



    पछिल्लो समय प्रधानमन्त्री र सभामुख अग्निप्रसाद सापकोटाबीच सुमधुर सम्बन्ध नभएकाले यस्तो निर्णय भएको बुझिएको छ।

    यसअघिका दिनहरुमा प्रधानमन्त्री ओली र सापकोटाबीच आरोप प्रत्यारोपका करण र एमसीसी पास गर्ने भन्ने बिषयमा भएको विवादले चर्को रुप लिएको थियो।

    स्रोतका अनुसार प्रधानमन्त्रिले सभामुखलाई संसदबाट एमसीसी पास गर्न चर्को दबाब दिएका थिए भने सभामुखले आफ्नो निर्णय नफेर्ने र एमसीसी पास नगर्ने अडान लिएका थिए।

    प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको संसदविघटन फागुन ११ मा सर्वोच्चले पुर्नस्थापना गरेपछि फागुन २३ गते राष्ट्रपति भण्डारीले पुन आह्वान गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार