काठमाडौं । नयाँ सरकार गठन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै छ ।
आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी योजनाबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताएका छन् ।
यद्यपी बैठकमा मुख्यगरी सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने माओवादी नेताहरुकै दाबी छ ।
पछिल्लो समय माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयास गरिरहेको छ । यद्यपी नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन ।
Leave a Reply