काठमाडाैँ । व्यास गाउँपालिका सीमा क्षेत्र नेपाल–भारत आवतजावत गर्न बनाइएको अवैध तुइन हटाइएको छ । वर्षौंदेखि व्यास क्षेत्रका स्थानीयको आवतजावत गर्न बनाइका अवैध तुइन कोराना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै हटाइएको हो ।
व्यास क्षेत्रका मालघाट, गस्कुघाट, बरती घाट, मलघट्टे घाट, डोकट घाट, जंगती घाट, तावाघाटमा लगाइएका तुइन काटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शाहीले जानकारी दिए ।
मालका तुइन सञ्चालक कल्यानसिंह धामीले अहिले यो क्षेत्रमा तुइन पूर्ण रूपमा बन्द भएको बताए । ‘नेपाल–भारत दुवैतर्फ लकडाउन भएसँगै मान्छेको आवतजावत छैन,’ उनले भने, ‘यो क्षेत्रमा भारतीय क्षेत्रमा काम गर्ने भन्दा पनि यही क्षेत्रका नागरिक खाद्यान्न जोहो गर्ने गर्छन् ।’
Leave a Reply