Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राउल क्यास्ट्रोद्वारा कम्युनिष्ट पार्टीको नेताबाट राजीनामा

    राउल क्यास्ट्रोद्वारा कम्युनिष्ट पार्टीको नेताबाट राजीनामा

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 2K
    SHARES

    एजेन्सी । राउल क्यास्ट्रोले क्युबाको कम्युनिष्ट पार्टीको नेताबाट राजीनामा दिएका छन् । उनको राजीनामा सँगै क्यास्ट्रो परिवारको ६ दशकदेखिको सत्ता नेतृत्व अन्त्य भएको छ ।

    ८९ वर्षीय क्यास्ट्रोले पार्टीको कंग्रेसमा आफूले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने बताए । आफूले पूरै लगन र साम्राज्यवादी भावना विपरित रहेर नेतृत्व हस्तान्तरणको निर्णय लिएको क्यास्ट्रोले बताएका छन् । उनको ठाउँ लिने व्यक्ति मतदानबाट चयन हुने छन् ।



    योसँगै उनका दाइ फिडेल क्यास्ट्रो र उनको औपचारिक नेतृत्वको लहर अन्त्य हुने छ । सन् १९५९ को क्रान्तिपछि क्युवामा क्यास्ट्रो परिवार सत्तामा थियो ।



    सन् २०१८ मा राष्ट्रपति बनेका मिगुएल डिआस–कनेल कम्युनिष्ट पार्टीको नेता हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार