काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ) प्रमुख सामन्त गोयलबीच चार बुँदे सम्झौता भएको भनी तत्थ्यहिन समाचार प्रकाशन गर्ने ९ वटा अनलाईन मिडियालाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
‘अनअफिसियल ट्रान्सलेसन’ को हवला दिँदै तथ्यहीन, पुष्टि नभएका सामग्री सम्प्रेषण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने दुईवटा सूचीकरण नभएका अनलाइनलाई नेपलभित्र सम्प्रेषण हुन नसक्ने गरी बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको र ७ सूचीकरणमा रहेका अनलाइन पोर्टललाई २४ घन्टे स्पष्टिकरण माग गरेको हो।
सूचीकरण नभएको सन्देशप्रवाह डटकम, न्युज८८पोस्ट डटकम नेपालभर बन्द गर्न तथा सूचीकरण भएका उज्यालो नेटवर्क डटकम, सुदर्शनखबर डटकम, पर्दाफास डटकम, समाचार दैनिक डटकम, नेपालीगाथा डटकम, पालकखबर डटकम र कान्तिपथ डटकमलाई स्पष्टिकरण दिन काउन्सिलले निर्देशन जारी गरेको छ।
काउन्सिलद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ–‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाई ‘रअ र प्रधानमन्त्री के।पी। ओलीबिच भएको सहमति…’ भनी विभिन्न न्यूजपोर्टलहरुबाट अफवाहपूर्ण सामग्री सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । २०७८ बैशाख २ गते अपरान्हदेखि विना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ को हवला दिंदै सञ्चारमाध्यमको जिम्मेवारीको समेत ख्यालल नगरी तथ्यहिन, पुष्टि नभउको समाग्री सम्प्रेषण गरी सनसनीखेज गराउने उद्देश्यले जनमानसमा भ्रम पार्ने सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधिनताविपरीत, सामाजिक सद्भावमा खलल पुग्ने, अन्तर्राष्ट्रिय सम्बन्ध एवं भाइचाराको सम्बन्धमा गम्भीर असर पुग्ने गरी भ्रमपूर्ण सामग्री सम्प्रेषण भएको प्रेस काउन्सिल नेपालको स्वअनुगमनबाट देखिएकोले ती सञ्चारमाध्यमहरुबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(२), ४(६) र ५(१) उल्लंघन भएको ठहर गर्दै समाचार प्रकाशित गर्ने (….) ९ वटा सञ्चारमाध्यमहरु लाई २४ घण्टे स्पष्टीकरण माग गरिएको छ ।’
Leave a Reply