Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रहरीद्वारा ‘रअ’ प्रमुख र ओलीबीचको ‘भाइरल सम्झौता’माथि अनुसन्धान, कसले बनायो नक्कली ड्राफ्ट ?

    प्रहरीद्वारा ‘रअ’ प्रमुख र ओलीबीचको ‘भाइरल सम्झौता’माथि अनुसन्धान, कसले बनायो नक्कली ड्राफ्ट ?

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 3.3K
    SHARES

    काठमाडौं ।  भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयल र नेपालका प्रधानमन्त्री केपी ओलीबीच भएको सम्झौता भन्दै पत्रसहितको समाचार सार्वजनिक भएपछि नेपाल प्रहरीले छानविन थालेको छ।

    शंकाष्पद पत्र सार्वजनिक भएपछि विभिन्न व्यक्तिहरुले सरकार र प्रधानमन्त्री ओलीको सामाजिक सन्जालमा चर्को आलोचना गरेका छन् ।



    राष्ट्रियतामाथि नै प्रहार हुने गरी कसैले नक्कली सम्झौता बनाएर भाइरल बनाएको आशंकामा प्रहरीले छानविन प्रक्रिया शुरु गरेको वताइएको छ।
    नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले उक्त पत्र फेक भएकाले प्रहरीले अनुसन्धान थालेको वताए ।



    उनका अनुसार प्रहरीको साइबर ब्युरोले उक्त पत्रबारे अनुसन्धान गर्दै छ ।

    नक्कली पत्र भाइरल बनाउने केही व्यक्तिमाथि निगरानी गरेर प्रहरीले अनुसन्धान गरिरहेको स्रोतको दाबी छ ।

    पत्र नै सार्वजनिक भएकाले उक्त पत्रमाथि शुरुमै  शंका उब्जिएको थियो ।

    नेपाली मिडियामा प्रकाशन हुने समाचारको फ्याक्ट चेक गर्दै आएका चर्चित ब्लगर उमेश श्रेष्ठले ‘रअ’ प्रमुख गोयल र प्रधानन्त्री ओलीबीच भएको भनिएको चार बुँदे सम्झौता पत्र प्रति ‘चार बुँदे शंका’ पेश गरेका छन् ।

    श्रेष्ठका अनुसार सम्झौता पत्रको फम्र्याट दुई देशबीचको यसअघि भएका सम्झौताका फम्र्याटसँग त मेल खाँदैन नै भाषागत समस्याहरु समेत देखिएका छन् ।

    ‘डकुमेन्टको शिरमा अनअफिसियल ट्रान्सलेसन लेखिएको छ । यसको मतलब यो आधिकारिक डकुमेन्ट होइन, आधिकारिक अरु नै कुनै भाषा– नेपाली, हिन्दी वा कुनै भाषामा भयो होला मानौँ । यो अनौपचारिक रुपमा अनुवाद गरिएको डकुमेन्ट हो । तर अनुवाद गरिएको डकुमेन्ट भए पनि मुन्तिर भने प्रधानमन्त्री र गोयलको हस्ताक्षर गरिएको छ,’ तथ्य जाँच गर्दै आएका श्रेष्ठले माइसंसारमा लेखेका छन्,‘खासमा दुई देशबीच कुनै हस्ताक्षर हुँदा आधिकारिक डकुमेन्टमा मात्र हस्ताक्षर गरिन्छ, अनौपचारिक अनुवादमा होइन। तर यसमा अनअफिसियल ट्रान्सलेसनमै हस्ताक्षर गरेको देखाइएको छ । यो ज्यादै शंकाको विषय हो ।’

    प्रधानमन्त्रीले त्यस्तो पत्र बनाएरै सम्झौता गरेको भए उनीमाथि कडा कारबाही हुनुपर्ने अन्यथा पत्र बनाउनेमाथि कारबाही हुनुपर्नेबारे सामाजिक सन्जालमा बहस हुन थालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार