काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले माधव नेपाल पक्षका नेता एवं प्रतिनिधिसभाका सांसद झपटबहादुर रावलको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले घटनामा संलग्न भएको आरोपमा रामेछाप घर भई गठ्ठाघर बस्दै आएका २२ बर्षीय मनोज तामाङलाई पक्राउ गरेको छ, भने उनीसँगै ढुंगा हानेको आरोप लागेका नसिन लिम्बुको पनि खोजी कार्य भइरहेको महाशाखाले जनाएको छ।
तामाङका अनुसार उनीहरुले रावल बसेको घर अगाडि मोटरसाइकल पार्किङ गर्दै आएका थिए तर, घरबेटीले पार्क नगर्न भनेको र बुधबार राति हावा खुस्काइदिएपछि ढुंगा हानेको तामाङले बताएको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।
सांसद रावलले आज प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आफू बसेको घरमा बुधबार राति पटकपटक ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई फोन गर्दा फोनसमेत नउठेको भन्दै गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई घटनाबारे जानकारी गराएका थिए ।
Leave a Reply