काठमाडौं । बाँकेमा आज (बुधबार)मात्रै ७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा १२३ जनाको पीसीआर परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितको संख्या ह्वात्तै बढ्दा भेरी अस्पताल नेपालगन्जको कोभिड वार्ड भरिएको छ ।
छिमेकी मुलुक भारतमा तीव्र रुपमा संक्रमण बढ्दा भारतबाट नेपाल प्रवेश गर्ने मुख्य द्वार वीरगञ्ज कोरोना संक्रमणको हटस्पट बनेको हो । विगतमा पनि वीरगञ्ज हटस्पष्ट बनेको थियो ।
भेरी अस्पतालले १४२ बेडको कोभिड वार्ड बनाएको छ, तर जनशक्ति अभावका कारण ६५ बेडमात्रै सञ्चालनमा छ ।
अस्पतालले थप कोरोना संक्रमणका बिरामीहरुलाई भर्ना गर्न नसक्ने जनाएपछि अवस्था झन जटिल बन्दै गएको छ ।
अस्पतालले उपचारका लागि भर्ना भएका कोरोनाका सबै बिरामीलाई अक्सिजन दिइएको र २४ जनाको आईसीयूमा उपचार भइरहेको जनाएको छ ।
प्रदेश सरकारले भेरी अस्पताललाई चिकित्सकसहित ४२ जना स्वास्थ्यकर्मी पठाएको छ । उक्त जनशक्तिले सबै बिरामीको उपचार सम्भव नरहेको अस्पतालले जनाएको छ ।
समुदायस्तरमा कोरोना फैलिसक्दा समेत संक्रमण फैलन नदिनका लागि सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन ।
गत वर्ष जस्तो कोरोनाका बारेमा जानकारी नभएको पक्कै पनि होइन । तर, सरकार अझै कानमा तेल हालेरै बसेको छ । प्रयोगशाला, जनशक्ति र अस्पताल हुँदा समेत ति संयन्त्रलाई तयारी अवस्थामा नराख्दा फेरि पनि वीरगञ्ज कोरोनाको हटस्पट बन्ने खतरा पैदा भएको छ ।
हुन त राजधानीकै अवस्था त्यो भन्दा नाजुक छ । राजधानीमा समेत आवश्यक आइसोलेशन, कोडिडका विरामीलाई उपचार गराउने अस्पतालको अभाव उत्तिकै छ ।
गत वर्ष नारायणी अस्पताल, गण्डक अस्पताल, वीरगञ्ज हेल्थ केयर र नेशनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर व्यवस्था गरेका थिए ।
तर अहिले नारायणी अस्पतालमा ३५ बेडको आइसोलेसनबाहेक अरु कुनै पनि आइसोलेसन सञ्चालनमा छैन । शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले १ सय ४५ पुगिसकेको छ । तर, सरकार अझै किन मौन ?
Leave a Reply