Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • क्रिकेटको ब्याटले प्रहरीलाई कुटपिट गर्ने पक्राउ

    क्रिकेटको ब्याटले प्रहरीलाई कुटपिट गर्ने पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 2.6K
    SHARES

    बारा। परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा सोही गाउँपालिका-५ नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    केन्द्रिय समाचार कक्षका अनुसार ईलाका प्रहरी कार्यालय प्रसौनीबाट डिउटीमा खटिएको प्रहरीले साह समेत ८ र ९ जनालाई लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले प्रहरीलाई प्रहार गरेपछि उनलाई पक्राउ गरेको हो ।



    व्याट प्रहारबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार