Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अब लकडाउन हुँदैन : प्रधानमन्त्री ओली

    अब लकडाउन हुँदैन : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब लकडाउन नहुने बताएका छन् । नयाँ वर्ष २०७८ सालको पहिलो दिन आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

    कतिपयले आजै लकडाउन हुन्छ, भोली नै लकडाउन हुन्छ भनेर हल्ला चलाइरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको पनि बताए ।



    सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने–‘कोभिडको प्रोटोकल, त्यसका मापदण्डहरु, सरकारले जारी गरेका जानकारीहरु र सरकारले गरेका आग्रहहरुलाई पालना गरौं । आफू सुरक्षीत बनौं र अरुलाई पनि सुरक्षीत बनाऔं । यसो गर्यौ भनो हामीले आफ्नो जनजीवनलाई सुरक्षीत बनाउन सक्छौं ।’



    तर, विकसित भनिएका यूरोपका देशहरु त लकडाउ गर्न बाध्य छन् भने हामीले सतर्कता अपनाएर परिस्थितिलाई विग्रन नदिन हामी आफै सचेत हुन जरुरी रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

    सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन्।

    ओलीले २०७७ साल कोरोना महामारीले निम्त्याएको संकट, राजनीतिकमा देखिएको अस्वस्थता, विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा अवतरण, संसद भवनको निर्माण, सडक निर्माण, लुम्बीनी र गोदावरीमा सभाहल निर्माण, मेलम्चीको पानी काठमाडौंमा वितरणलगायतका विषयमा सम्बोधन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार