अछाम। नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्लास्तरीय नेता अर्काकी श्रीमतीसँग रङ्गेहात पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पञ्चदेवल विनायक नगरपालिका बारलाका नेता पदम विक रहेका छन्।
नेता विक अर्काकी श्रीमतीसँग अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा आइतबार पक्राउ परेका हुन् । विक सधै जसो आइतबार बेलुका पनि ती महिलाको कोठामा प्रवेश गरेपछि आफन्तले रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएको जनाइएको छ ।
उनी अर्काकी श्रीमतीसँग नियमित अवैध क्रियाकलाप गर्ने गरेको थाह पाएपछि महिलाका श्रीमान् र आफन्तले निगरानी गरिरहेका थिए ।
अनैतिक क्रियाकलापमा संलग्न भएका उनलाई प्रहरी चौकीमा बुझाएपछि आफू विप्लव माओवादीको प्रभावशाली नेता भएको भन्दै विकले छाड्न दवाव दिएका थिए ।
विप्लव नेतृत्वको माओवादीमा रहेका विकले आफूले गल्ती गरेको र यो झमेलाबाट मुक्त गर्न आग्रह समेत गरेका छन् ।
स्थानीय र पीडित परिवारका अनुसार ती महिलासँग विकको विगत लामो समयदेखि हिमचिम हुँदै आएको थियो।
यसैबीच, महिलासँग रंगेहात पक्राउ परेका विकलाई विप्लव नेतृत्वको नेकपाले पार्टीबाट निष्कासित गरेको छ ।
(तस्वीर सौजन्य सुदूरपत्र डटकमबाट साभार)
विप्लव नेतृत्वको नेकपा अछामले विज्ञप्ति जारी गरेर विकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।
Leave a Reply