Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न हुँदैन : माधव नेपाल

    आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न हुँदैन : माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    धनुषा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् ।

    आज अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाए । पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।



    ‘पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नु पर्छ’, नेता नेपालले भने । देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिष्ट पार्टी भए पनि पछिल्लो समय पार्टीमा सङ्कट बढ्दै गएको उनको भनाइ थियो ।



    त्यस्तै, भेलामा पार्टीका उप–महासचिव घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार