Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ‘धरहरालाई देखाएर डण्डीको, मेलम्चीलाई देखाएर पेट्रोलको, समृद्धिलाई देखाएर नुनको भाउ बढाईयो’

    ‘धरहरालाई देखाएर डण्डीको, मेलम्चीलाई देखाएर पेट्रोलको, समृद्धिलाई देखाएर नुनको भाउ बढाईयो’

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 4.2K
    SHARES

    काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसद् गजेन्द्रबहादुर महतले सरकारप्रति तिखो व्यङ्ग्य प्रहार गरेका छन्।

    बैठकमा बोल्दै सांसद महतले सरकारले विभिन्न बाहनामा भुलाएर जनतालाई ढाड सेक्ने काम गरिरहेको आरोप लगाए।



    ‘मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढेको छ, धरहरालाई देखाएर रड र सिमेन्टको भाउ बढेको छ, विकास र समृद्धि देखाएर नुन, तेल चामल र दालको मूल्य बढाएर जनताको ढाड सेकिएको छ,’ संसदमा उनले भने।



    त्यस्तै ,पार्टीभित्रको झगडा देखाएर संसद्को ढाड नै भाँचेको भन्दै सांसद महतले कोरोना देखाएर जनतालाई ऋणमा डुबाएको बताए । गत शुक्रबार राष्ट्रपतिद्वारा बितवरण गरिएको शिल्डमा चुच्चे नक्सा गायव पारिएको भन्दै उनले भने, ‘राष्ट्रवाद देखाएर चुच्चे नक्सा पनि गायब ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार