Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • संसद बैठक : पारसको चर्तिकला र हिमानीको सिन्दुर…

    संसद बैठक : पारसको चर्तिकला र हिमानीको सिन्दुर…

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ। सांसद प्रदिप यादवले पूर्वराजकुमारी हिमानी शाहको दिल खुलेर प्रशंशा गरेका छन्।

    आज प्रतिनिधिसभाको बैठकमा मधेसी जनताको हकहित र न्यायका लागि बोल्दै गरेका सांसद यादवले भारतकी छोरी हिमानीको खुलेरै तारिफ गरेका हुन्।



    बैठकमा मधेशीहरु नागरिकताका लागि तड्पीरहेको भन्दै सरकारले उचित न्याय नदिएको भन्दै भारतीयले नेपालीसँग बिहे गरेसँगै नागरिकताका लागि सात वर्षकुर्नु पर्ने निर्णय जायज नभएको बताए।



    नागरिकता बिना नेपालमा केही सम्भव नहुने भन्दै यादवले सानो टेलिकमको सिम किन्नदेखि डोमेस्टिक प्लेन चड्न र दैनिक कार्यहरु गर्न असहज हुने भन्दै सरकारले भारतीयले नेपाली सँग बिहे गरेपछि नागरिकता पाउन ७ बर्ष कुर्नु पर्ने व्यवस्था हटाउनु पर्ने उनको भनाइ छ।

    भारतीय चेलीले राष्ट्रघात गर्छ भन्ने सरकारको सोचाईमा सांसद यादवले भने, ‘पूर्व युवराज पारसको चर्तिकला भन्दै उनको ब्यबहारलाई भारतीय चेली हिमानीले कति सहेर स्वीकार गरेकी छिन् ? कस्तो संस्कार पाएकी छिन् ? कोहीले केही सिक्नु छ भने हिमानीसंग सिन्दुरको रक्षा गर्न सिक्नु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार