हेटौंडा । मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।
आज बिहान ९ बजे हेटौंडा उपमहानगरपालिका-९ शान्तिचोक बस्ने दम्पतीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकरी दिए।
मृत्यु हुनेमा श्रीमान ३५ वर्षीय समिर पाख्रिन र श्रीमती ३० वर्षीया अंशु पाख्रिन छन्।
घरमा भएको मिटर बस्कबाट तार लत्रियो भनेर फलामको डन्डीले श्रीमान-श्रीमती मिलेर उठाउन खोज्दा त्यहीक्रममा करेन्ट लागेर बेहोस भएका पाख्रिन दम्पतीलाई हेटौंडा अस्पतालमा मृत्यु भएको हो।
मृतक दम्पतीको शव हाल हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Leave a Reply