काठमाडौँ। छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ।
बढ्दो कोरोना महामारीको जोखिम न्यूनीकरणका लागि भन्दै उत्तर प्रदेश सरकारले अप्रिल ३० सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्त, त्यहाँको सरकारले ५ सयभन्दा सक्रिय संक्रमित भएका जिल्लामा रात्रिकालीन कर्फ्यु समेत लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आइतबार मात्र उत्तर प्रदेशमा १५ हजार ३५३ कोरोनाका नयाँ बिरामी देखा परेको समाचारमा उल्लेख गरिएको छ ।
भारतमा हाल प्रत्येकदिन लाखौँको मात्रामा संक्रमितहरु थपिदै गएका छन् भने हजारौँको मृत्यु हुने गरेको छ।
कोरोना भाइरसबाट प्रभावित हुने मुलुकमा भारत तेस्रो नम्बरमा पर्छ। भारत भन्दा अगाडि अमेरिका र ब्राजिल रहेका छन्।
Leave a Reply