चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनमै पदबाट हटाउने बताएका छन् ।
आज गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् ।
केपी ओलीलाई आफुहरुले तिन तिन पटक सम्म पार्टीबाट हटाईसकेको भन्दै निर्वाचन आयोगले उचित कदम नचालेको आरोप लगाए।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले लाज पचाएर अझै नकचरो भएर पदमा बसिरहेको बताए ।
ओलीको निरङ्कुश प्रवृतिबिरुद्दआफुहरु लागिपरेको भन्दै अब चौथो पटक फेरि आफुहरुले हटाउने प्रचण्डको भनाइ छ।
Leave a Reply