एजेन्सी । भारतमा एकै दिन अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार छ सय ८२ जनामा सङ्क्रमण देखिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
एकै दिन यति धेरै जनामा सङ्क्रमण पुष्टि भएको यो नै पहिलो हो । भारतमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ३३ लाख ५५ हजार चार सय ६५ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड १० लाख ७८ हजार तीन सय ३३ जना उपचारपछि निको भएका छन् ।
११ लाख सात हजार आठ सय २७ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा आठ सय ३८ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार छ सय ८२ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।
Leave a Reply