Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संकटाले जित्यो १९औं आहा–रारा गोल्डकपको उपाधि

    संकटाले जित्यो १९औं आहा–रारा गोल्डकपको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, २८ चैत्र २०७७
  • 1.9K
    SHARES

    तस्विर : इकान्तिपुर

    पोखरा । १९औं आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ ।

    शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४–० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।



    यसअघि निर्धारित र थपिएको ३० मिनेटको खेल बराबरीमा टुंगिएको थियो ।



    निर्धारित समयमा १–१ को बराबरी र अतिरिक्त ३० मिनेटको समयमा दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

    पहिलो हाफको १० औं मिनटमा अफ्रिकन रूट्सका बास्सेकले गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५० औं मिनटमा संकटाका लागि विदेशी खेलाडी ग्लोरीले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।

    संकटाका लागि अमित तामाङ, सुवास गुरूङ, नीरज बस्नेत र आयुष घलानले गोल गरे । अफ्रिकन रूट्सका के यानिक र रिमले मात्रै गोल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार