Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोना महामारीसँगै कन्डमको अभाव सुरु

    कोरोना महामारीसँगै कन्डमको अभाव सुरु

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 2.2K
    SHARES

    क्वालालाम्पुर । कोरोना भाइरसको महामारीसँगै गर्भनिरोधक साधन कन्डमको अभाव खड्किन थालेको छ ।

    विश्वकै ठूलो कन्डम उत्पादक कम्पनीले आफ्नो उत्पादन रोकेको जनाएको छ । मलेसियाको करेक्स बिएचडीले उत्पादन नै रोकेको हो । विश्वभर पाइने हरेक पाँच कन्डममध्ये एउटा कन्डम मलेसियन कम्पनी करेक्सको हुन्छ ।



    हाल उक्त कम्पनीले मलेसियामा रहेका आफ्ना तीनवटै फ्याक्ट्रीबाट उत्पादन रोकेको हो । एक साताअघि यहाँको सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछि उक्त कम्पनी पनि बन्द भएको हो ।



    जब कि, मार्केटमा पहिलेदेखि नै एक करोड जति कन्डमको अभाव भएको बताइन्छ । उक्त कम्पनीलाई शुक्रबार कन्डम पुन उत्पादन गर्न सरकारले अनुमति दिएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार