Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काेभिड-१९: अक्षय कुमारले २५ करोड सहयोग गर्दै गरे यस्तो ट्विट

    काेभिड-१९: अक्षय कुमारले २५ करोड सहयोग गर्दै गरे यस्तो ट्विट

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । बलिउड कलाकार अक्षय कुमारले कोरोना महामारी संघर्षका लागि २५ करोड भारु सहयोग गरेका छन् । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केयर्स कोषमा सहयोग गर्न आग्रह गरेका थिए । उक्त आग्रहलाई मूर्तरुप दिँदै कोषमा सहयोग गरेको भन्दै ट्विट गरेका छन् ।

    अक्षय कुमारको यो पहलबाट प्रशंसकहरू खुसी भएको ट्विट गरेका छन, उनकी श्रीमती र अभिनेत्री ट्विंकल खन्ना सबैभन्दा गर्व महसुस गर्दै ट्विटरमा लामो पोष्ट लेखेर खुशी व्यक्त गरेकी छिन । उनी लेख्छिन् ‘यस व्यक्तिले मलाई कत्ति गर्व महसुस गराउँछ। मैले अक्षयलाई सोधें कि उसले वास्तवमै यति ठूलो रकम दिनेछ किनकि हामीले यति धेरै रकम संकलन गर्नुपर्‍यो।’



    तर अक्षयले मलाई यो भनेका थिए कि जब मैले आफ्नो क्यारियर शुरू गरेको थिएँ । त्यस बेला मसँग केही थिएन । आज मसँग सबै छ म फर्केर जान सक्दिन । जोसँग केही छैन, म उनीहरूलाई मद्दत नगरि बाँच्न सक्दिन।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार