Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • टोकियो ओलम्पिक : उत्तर कोरियाद्वारा खेलाडी नपठाउने घोषणा

    टोकियो ओलम्पिक : उत्तर कोरियाद्वारा खेलाडी नपठाउने घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 2.2K
    SHARES

    एजेन्सी। उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ ।

    उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको छ ।



    यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा भने उत्तरले भाग लिएको थियो । सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न यस खेलमा भएको उत्तरको सहभागिताले ठूलो सहयोग गरेको थियो ।



    उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले गृष्मकालीन खेलमा उत्तरको प्रतिनिधित्व गरेकी थिईन ।

    उत्तर कोरियाली ओलम्पिक कमिटीले कोभिड–१९ का कारण आफ्ना खेलाडीलाई सुरक्षित गर्न ३२औं गृष्मकालीन ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार