Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • अब नेपालमा कहिल्यैपनि लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री त्रिपाठी

    अब नेपालमा कहिल्यैपनि लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री त्रिपाठी

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौँ। स्वास्थ तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको उल्लेख गरेका छन्।

    आज त्रिकाल प्रोसक्सन तथा अमेरिकन राजदूूतावासको युवा परिषदद्वारा संयुक्तरुपमा आयोजित ‘नेपाल स्वास्थ सम्मेलन २०७७’ को उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै स्वास्थमन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने दावी गरेका हुन्।



    कोरोना नियन्त्रण गर्न लकडाउन उपयुक्त माध्यम भएपनि नागरिकको सामाजिक जनजीवन र देशको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको मन्त्री त्रिपाठीले बताए।



    छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण शुरु गरेको भन्दै मन्त्री त्रिपाठीले सीमा नाकामा आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको जानकरी दिए।

    यस्तै, चीन सरकारबाट अनुदानमा उपलब्ध कोरोनाविरुद्धको खोप लगाउने अभियान बुधबार शुरु हुने भन्दै कोरोनाबाट आतंकित नहुन सबैलाई आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार