काठमाडौं। काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ।
सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा उत्रिएका नेविसंघका विद्यार्थीहरु र प्रहरीहरुबीच प्रदर्शनका क्रममा झडप भएको हो।
प्रर्दशनकारीले प्रहरीमाथि ढुङ्गा तथा इट्टा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो।
यस्तै आजै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा खनाल-नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले पनि दिउँसो आयलनिगमको कार्यालय पुगेर उनीहरुले बिरोध प्रदर्शन गर्दै निगमलाई घेराउ गरेका थिए।
हँगी र भ्रष्टाचार नियन्त्रण गर्छु भन्दै भाषण गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वियुले पेट्रोलियम पदार्थमा बढाईएको मूल्य फिर्ता लिन माग गरेको छ ।
सरकारले फागुनयता चार पटक इन्धनको मूल्य बढाएको छ ।
मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै निगमले फेरि हिजो मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो ।
नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल १ सय २० र डिजेल/मटितेल १०३/१०३ रुपैयाँ कायम गरिएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुने वताइएको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ ।
Leave a Reply