Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अनेरास्ववियुद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन

    अनेरास्ववियुद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ। सरकारले  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा खनाल-नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले आज विरोध प्रदर्शन गरेका छन् ।

    आज दिउँसो आयलनिगमको कार्यालय पुगेर उनीहरुले बिरोध प्रदर्शन गर्दै निगमलाई घेराउ गरेका थिए।



    महँगी र भ्रष्टाचार नियन्त्रण गर्छु भन्दै भाषण गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वियुले पेट्रोलियम पदार्थमा बढाईएको मूल्य फिर्ता लिन माग गरेको छ ।



    सरकारले फागुनयता चार पटक इन्धनको मूल्य बढाएको छ ।

    मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै निगमले फेरि हिजो मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो  ।

    नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल १ सय २० र डिजेल/मटितेल १०३/१०३ रुपैयाँ कायम गरिएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुने वताइएको  छ । निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार