विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीले संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गरेका प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई सांसद पदबाट मुक्त गरेको छ ।
आज पार्टीले आङ्बुहाङलाई पदमुक्त गरेको पत्र पठाएर जानकारी गराउँदै प्रदेशसभामा खबर गर्ने पार्टीका एक नेताले जानकारी दिए।
गत चैत १७ गते प्रदेशसभा सदस्य आङ्बुहाङलाई पार्टीको प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो । पदमुक्त भएसँगै स्वत: सांसद पद खारेज हुने भएको छ।
प्रतिनिधिसभा बिघटनपश्चात् विभाजन भएको नेकपाबाट एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ ।
गत चैत १३ गते आङ्बुहाङले मन्त्रीको पदभार ग्रहण गरेका थिए ।
Leave a Reply