काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पार्टी एकता जोगाउन आग्रह गरेकी छन् ।
शनिबार नेता खनालको निवास डल्लुमा राष्ट्रपति भण्डारी र खनालबीच करिव एक घण्टासम्म भएको भेटवार्तामा उनले एमालेभित्र देखिएको विवादबारे चिन्ता प्रकट गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले एकीकृत पार्टी पनि नटुटोस् र सकेसम्म मिलेर जानुस् भन्दै खनाललाई सुझाव दिएकी थिइन् ।
भेटपछि नेता खनालले राष्ट्रपति भण्डारी आफ्नो निवासमा आएर समसामयिक विषयमा कुराकानी गरेको जानकारी दिए ।
भेटमा नेता खनालले आफ्नो स्वास्थ्य सामान्य नै रहेको भन्दै आफ्नो स्वास्थ्य भन्दा देशको बढी चिन्ता रहेको राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
इतिहासविद् महेशराज पन्तको घरमा जाने क्रममा राष्ट्रपति भण्डारीले नेता खनालसँग भेटघाट गरेकी थिइन् ।
Leave a Reply