Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • यस्तो छ दुबईबाट आएका कोरोना भाइरस संक्रमित युवाको ट्राभल हिस्ट्री

    यस्तो छ दुबईबाट आएका कोरोना भाइरस संक्रमित युवाको ट्राभल हिस्ट्री

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 3.3K
    SHARES

    धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएका व्यक्ति दुबई हुँदै धनगढी आएका थिए ।

    उनी फ्लाइट इमिरेट्सको इके–०१५० बाट चैत ६ मा भारतको नयाँ दिल्ली हुँदै नेपाल फर्किएका थिए।



    चैत ७ मा नेपाल अवतरण गरेका उनी धनगढीको टिकट नपाएपछि सोही दिन दिउँसो १२ बजे बुद्ध एयरको नियमित उडानबाट नेपालगञ्ज झरेका थिए।



    नेपालगन्ज एयरपोर्टबाट कोहलपुरसम्म अटो चढेर गएका उनी कोहलपुरबाट महेन्द्रनगर जाने बसबाट अत्तरिया हुँदै धनगढी पुगेको पाइएको छ ।

    उनी दुई दिन घर बसेका थिए। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको घरमा बस्दा उनको परिवार र नातागोतासँग सम्पर्क भएको थियो।

    रुघाखोकी र ज्वरो आएपछि उनी आफैं अस्पताल पुगी भर्ना भएका थिए। अस्पतालले उनको स्वाबको नमुना परीक्षणका लागि काठमाडौं जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो।

    अस्पताल भर्ना भएको चार दिनपछि शुक्रबार स्वास्थ्य मन्त्रलायले उनमा संक्रमण भएको पुष्टि गर्‍यो ।कोरोना भाइरसको संक्रमण पुष्टी भएका युवक अमृत शाही रहेको स्रोतले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार