Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लेवान्डोस्की एक महिना मैदान बाहिर

    लेवान्डोस्की एक महिना मैदान बाहिर

    अनलाइन नेपाल
  • बुधबार, १८ चैत्र २०७७
  • 1.7K
    SHARES

    एजेन्सी । पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले चार साता मैदान बाहिर रहने भएका छन् ।

    घुँडाको चोटको कारण लेवान्डोस्की चार साता मैदान बाहिर रहने भएका हुन् । उनको घुँडाको लिगामेन्ट च्यातिएको बताईएको छ ।



    विश्वकप छनौट अन्तर्गत एन्डोराविरुद्धको खेलमा लेवान्डोस्कीले चोट बोकेका थिए । जुन खेल पोल्याण्डले तीन शुन्य गोलअन्तरले जितेको थियो । उनले दुई गोल गरेका थिए ।



    अब उनले विश्वकप छनौट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल गुमाउने छन् । पोल्याण्डले बुधबार राति इंग्ल्यान्डसँग वेम्बली स्टेडियममा खेल्दैछ ।

    समूह ुआईु मा रहेको पोल्याण्ड २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । २ खेलमा २ जितसहित ४ अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ ।

    यस्तै बायर्न म्युनिखका फरवार्ड लेवान्डोस्कीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेन विरुद्धको खेल गुमाउने छन् ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार