Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • वामपन्थी नेता मानन्धरको निधनले दुःखी तुल्यायो : राष्ट्रपति भण्डारी

    वामपन्थी नेता मानन्धरको निधनले दुःखी तुल्यायो : राष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • मंगलबार, १७ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णु बहादुर मानन्धरको निधनले दुःखी तुल्याएको बताएकी छन् ।

    आज बिहान सामाजिक सञ्जालमा ट्वीट गर्दै राष्ट्रपति भण्डारीले स्वर्गीय मानन्धरको निधनले दुखी तुल्याएको बताएकी हुन्।



    उनले स्वर्गीय नेता मानन्धरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेकी छन् ।



    उनले भनेकी छन्,’नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णु बहादुर मानन्धरको निधनको खबरले मलाई दुस्खी तुल्याएको छ । स्वर्गीय मानन्धरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’

    मानन्धरको ९१ वर्षको उमेरमा सोमबार राति निधन भएको हो ।

    विसं २००७ मा आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति सुरु गरेका मानन्धर २००९ सालदेखि राजनीतिमा प्रवेश गरेका थिए ।

    मानन्धरको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार