काठमाडौं । नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जाने भएको छ । विमान आज शनिबार दिउँसो १२ बजे चीनको ग्वाङझाओ जाने भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कार्गो उडानका लागि उडान अनुमति दिइसकेको नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिएका छन् ।
कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीनको ग्वाङझाओ जान लागेको हो ।
Leave a Reply