Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • ६ दिन देखिको सबैभन्दा महँगो ट्राफिक जाम बल्लबल्ल हटाईयो

    ६ दिन देखिको सबैभन्दा महँगो ट्राफिक जाम बल्लबल्ल हटाईयो

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 2.9K
    SHARES

    एजेन्सी। सूइज नहरमा गत मङ्गलवारदेखि अड्किएको स्थानबाट एउटा विशाल पानीजहाजलाई सारिएको विवरण प्राप्त भएको छ।

    सोमवार सामाजिक सञ्जालमा प्रेषित भिडिओमा ‘एभर गिभन’ नामक उक्त जहाजको पृष्ठभागलाई नहरको किनारातिर तानिएको र अवरुद्ध मार्ग खुलाइएको देखिन्छ।



    पानीजहाज कम्पनी इन्चकेपले पनि उक्त पानीजहाज अड्किएको स्थानबाट हटाइएको जनाएको छ।



    एभरग्रीन कम्पनीको स्वामित्वमा रहेको उक्त पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन टगबोट र ड्रेजरहरू प्रयोग गरिएको थियो।

    इजिप्टको स्वामित्वमा रहेको उक्त जलमार्ग १९३ किलोमिटर लामो छ। त्यसलाई संसारको एउटा अतिव्यस्त व्यापारिक मार्ग मानिन्छ।

    ‘सबैभन्दा महँगो ट्राफिक जाम’

    एभर गिभन पानीजहाजका कारण उक्त जलमार्ग अवरुद्ध हुँदा सूइज नहरमा संसारकै ‘सबैभन्दा महँगो ट्राफिक जाम’ भएको बताइएको थियो।

    अवरोधका कारण धेरै जहाजहरू अफ्रिकातिरको मार्गमा मोडिएका थिए।


    (नहर अवरोध भएको देखिने भूउपग्रहबाट खिचिएको तस्बिर)

    धेरै दिनदेखि उक्त अवरोध हटाउन नसकिएकाले भार कम गर्ने प्रयासस्वरूप आइतवार एभर गिभनबाट २०,००० वटा कन्टेनर निकालिएको बताइन्छ। स्रोत :बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार