Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • विश्वकप छनौटमा जर्मनी विजयी

    विश्वकप छनौटमा जर्मनी विजयी

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 1.5K
    SHARES

    एजेन्सी । कतार विश्वकपको छनौट खेलमा जर्मनी विजयी भएको छ । जर्मनीले लगातार आफ्नो दोस्रो खेलमा जित दर्ज गरेको हो ।

    युरोपेली क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएको खेलमा समूह जे मा रहेको जर्मनीले रोमानियालाई १–० गोलले पराजित गरेको हो ।



    अवे मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन १६ औँ मिनेटमा सर्गेई ग्नाब्रीले गरेको गोल नै निर्णायक बन्यो । लगातार दुई खेलमा जित निकालेको जर्मनी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।



    सोही समूह अन्तर्गत आइतबार राति नै भएको खेलमा उत्तरी मेसेडोनियाले लिचेस्टाइनलाई ५–० गोलले तथा अर्मेनियाले आइसल्याण्डलाई २–० गोलले पराजित गरेको छ ।

    लगातार दुई खेलमा जित निकालेको अर्मेनिया ६ अंकसहित दोस्रो स्थानमा छ। उत्तरी मेसेडोनिया र रोमानियाको समान ३–३ अंक छ भने आइसल्याण्ड र लिचेस्टाइनले अंक जोड्न सकेका छैनन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार