काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले म्यानमारमा भइरहेको नरसंहार विरुद्ध मानवता र लोकतन्त्र पक्षधर सबैलाई बोल्न आग्रह गरेका छन् ।
आइतवार सामाजिक सञ्जालमार्फत् उनले संसारका कुनै पनि कुनामा फौजी र गैर फौजी तानाशाही स्वीकार्य नभएको समेत बताउँदै त्यसका विरुद्द बोल्न आग्रह गरेका हुन्।
उनले अरुलाई खाने बाघले हामीलाई पनि खान सक्ने भन्दै सबै यसको विरुद्धमा र लोकतन्त्रको पक्षमा बोल्नुपर्ने बताएका छन् ।
अध्यक्ष भट्टराईले पोष्ट गरेको भिडियोमा सेनाले गोली चलेको पनि स्पष्ट देख्न सकिन्छ।
उनको ट्वीट यस्तो छ, ‘म्याानमारमा भैरहेको नरसंहार विरूद्ध मानवता र लोकतन्त्र पक्षधर सबैले मुख खोलौं! २१औं शताब्दीमा संसारका कुनै पनि कुनामा फौजी वा गैरफौजी तानाशाही स्वीकार्य छैन ! अरूलाई खाने बाघले हामीलाई पनि खान सक्छ ! (Stop Genocide in Myanmar! Down with Military Dictatorship!)’
म्याानमारमा भैरहेको नरसंहार विरूद्ध मानवता र लोकतन्त्र पक्षधर सबैले मुख खोलौं! २१औं शताब्दीमा संसारका कुनै पनि कुनामा फौजी वा गैरफौजी तानाशाही स्वीकार्य छैन! अरूलाई खाने बाघले हामीलाई पनि खान सक्छ! Stop Genocide in Myanmar! Down with Military Dictatorship! https://t.co/nxD2bI2R9T
— Baburam Bhattarai (@brb1954) March 28, 2021
Leave a Reply