Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • सर्वोच्चले घोक्र्याएर ओलीकै पार्टीमा फर्कायो, तर, बस्न मन छैन : नेपाल

    सर्वोच्चले घोक्र्याएर ओलीकै पार्टीमा फर्कायो, तर, बस्न मन छैन : नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफूलाई घोक्र्याएर केपी शर्मा ओलीकै पार्टीमा फर्काइएको टिप्पणी गरेका छन् ।

    बृहत् नागरिक आन्दोलनद्वारा शनिबार काठमाडौंमा आयोजित समसामयिक विषयको अन्तरक्रियामा सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलालाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताए ।



    उनले भने–‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाईहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई फेरि सार्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ ।’



    ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर बिडम्बना भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टी भित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला । त्यसपछि कुन दिन मलाई घोक्र्याएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधाव नेपाल होइन ।’ नेपालले थप भने ।

    डबलीमा रहेका जसपाका नेता महन्थ ठाकुर र कांग्रेस नेता मिनेन्द्र रिजाललाई इंगित गर्दै उनले भने–‘महन्थजीको र मिनेन्द्रजीको दयाकृपा रहेसम्म यो सरकार रहिरहन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार