दाङ । जिल्लाको घोराहीमा शिकार खेल्न जंगल गएका एक जनाको गोली लागेर मृत्यु भएको छ।
शिकार खेल्न जंगल गएका घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार वडा नं १२ मा शुक्रबार राती भएको उक्त घटनामा दुई जना शिकार खेल्न गएको र तिमध्ये एक जनाको मृत्यु भएको हो ।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट झण्डै तीन घन्टा पैदल हिँड्नुपर्ने स्थानमा रहेको र प्रहरी त्यसतर्फ गइसकेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले गोली चलाउने व्यक्तिलाई पनि पहिचान गरी नियन्त्रणमा लिइसकेको जनाएको छ ।
Leave a Reply