काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै उनको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको बताएकी हुन् ।
स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् ।
यसअघि हिजो बेलुका नै कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो समवेदना व्यक्त गर्दै सामाजिक सन्जालमा लेखेका थिए–‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
Leave a Reply