Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • त्रिदेशीय कप फुटबल : नेपाललाई बंगलादेशसित जित्नैपर्ने दबाब

    त्रिदेशीय कप फुटबल : नेपाललाई बंगलादेशसित जित्नैपर्ने दबाब

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ । त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसित भिड्ने भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ । फाइनलमा प्रवेश गर्नका लागि नेपालले बंगलादेशसँग कम्तिमा बराबरी खेल्नुपर्ने छ ।



    बंगलादेश भने यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा प्रवेश गरिसकेको छ । बंगलादेशले किर्गिस्तानलाई एक शुन्य गोलले पराजित गरेको थियो ।



    नेपालले भने आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले दुई गोल अन्तरले जितेको अवस्थामा भने नेपालको फाइनल यात्रा समाप्त हुनेछ । नेपालले किर्गिस्तानसितको खेलमा फितलो खेल प्रदर्शन गर्यो ।

    किर्गिस्तानका कप्तान रोतो कार्ड पाएर मैदानबाट बाहिरिए पनि नेपाली टोलीले त्यसको फाइदा उठाउन सकेन । पटक पटक गोलको प्रयासहरु भए पनि लक्ष्यमा पुग्न सकेन । नेपाल र बंगलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गरेको छ ।

    फाइनल खेल दशरथ रंगशालामा सोमबार हुने आयोजक एन्फाले जनाएको छ । हालसम्म बंगलादेशले तीन अंक जोडेको छ भने नेपाल र किर्गिस्तानले एक एक अंक प्राप्त गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार